माग कार्यान्वयन नभए फेरि आमरण अनसन बस्ने गोविन्द केसीको चेतावनी

काठमाडौँ, जेठ २४ । त्रिवि शिक्षण अस्पतालका डाक्टर गोविन्द केसीले आफ्ना विभिन्न सम्झौताहरु कार्यान्वयन नभएको भन्दै आफ्ना मागहरु पूरा नभए आमरण अनसन सहितका आन्दोलनका कडा कार्यक्रम गर्ने चेतावनी दिएका छन् । बिहिबार प्रेस विज्ञप्ति जारी गर्दै केसीले माग पूरा नभए पुनः ६ बुँदे माग राखेर फेरि आमरण अनसन बस्ने चेतावनी दिएका हुन् ।

डाक्टर केसीले अब कुनै पनि वहावमा चिकित्सा शिक्षा ऐन रोक्न नुहने भन्दै स्वास्थ्य मन्त्रालयले तयार ऐन जनतामुखी हुनुपर्ने माग समेत गरेका छन् । विज्ञप्ति जारी गर्दै उनले चिकित्सा शिक्षा अध्यक्षदेश दोस्रो पटक जारी भइसकेपनि उचितरुपमा त्यसको प्रतिस्थापन विधेयक ल्याउने काममा राजनीतिक दलहरुले आलटाल गरिरहेका आरोप लगाए ।

यसअघि स्नातकोत्तर तहपछि छात्रवृत्तिका विद्यार्थीहरुले गर्नुपर्ने अनिवार्य सरकारी सेवाको अवधि ५ वर्ष तोकिएकोमा चिकित्सा शिक्षा ऐन जारी हुँदा अनिवार्य सेवाको अवधि २ वर्ष कायम गर्नुपर्नेमा माग गरेका छन् ।

चिकित्सा शिक्षा सम्बन्धी न्यायिक जाँचबुझ आयोगको प्रतिवेदन तत्काल सावैजनिक गर्दै सबै निकायका दोषी पदाधिकारीहरुलाई आयोगको सिफारिस बमोजिम कारवाही गर्नुपर्ने, त्रिविले खोसेका अधिकारहरु आइओएममा फिर्ता गर्दै आइओएमलाई थप स्वायत्तता दिनुपर्ने माग पनि केसीको छ ।

यस्तै विश्वविद्यालय अनुदान आयोगका अध्यक्षको संयोजकत्वमा बनेको पदाधिकारी मापदण्ड निर्धारण समितिको प्रतिवेदन कार्यान्वयन गर्नुपर्ने, माइतीघर मण्डला क्षेत्रमा प्रदर्शन निषेध गर्ने निर्णय तत्काल सदाका लागि फिर्ता गर्नुपर्ने र चिकित्सकहरुमाथि हुने धम्की र आक्रमण रोक्न यथोचित कानूनको निर्माण र कार्यान्वयन गर्न डाक्टर केसीले माग गरेका

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *