प्रधानमन्त्री ज्यू ! मेलम्चीको खाल्टोमा कार


साउन ५, काठमाडौँ । राजधानीमा खानेपानी व्यवस्थापन गर्न खनिएका ठुला खाल्टाले दिन प्रतिदिन दुर्घटना निम्त्याउँदो छ । गत शुक्रवार ढलमा पसेर एक बालिकाको निधन भयो । भने आज बिहान मेलम्ची खानेपानी आयोजनाले खनेको खाल्डोमा महाराजगन्जको निर्मल निवास अगाडि कार खसेको छ। बा ४ च २४५१ नम्बरको कार बिहान ४ बजेको समयमा खाल्डोमा परेको थियो। कारको अगाडिको केही भागमा क्षति पुगेको छ। चालक भने सकुशल रहेका छन्।


खानेपानीको पूर्वाधार निर्माण सुस्त हुँदा सर्वसाधारणले सास्ती खेपेका छन् । दसैँसम्म राजधानीबासीलाई मेलम्चीको पानी खुवाउने लक्ष्य लिएको आयोजनाले पछिल्लो समय सुस्त रूपमा काम गर्दा र सुरुङ निर्माणको काममा ढिलाइ हुँदा दसैँमा मेलम्चीमा पानी नआउने निश्चित भएको छ ।
राजधानीबासीले काठमाण्डुलाई आजकल ढलमाण्डु, हलिमाण्डु, धुलमाण्डु पनि भन्ने गरेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले राजधानीका सडकमा रहेका खाल्टाखुल्टी सम्याउन सम्बन्धित निकायलाई निर्देशन दिएपनि कार्यान्वयनमा सुस्तता छ ।

तस्बिर : किशोर शर्माको ट्विटरबाट

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *