महाकाली अञ्चल यातायात कार्यालयका निमित्त प्रमुखसहित सात कर्मचारी निलम्बित

भीमदत्तनगर, साउन ५ । भारतबाट चोरीका सवारी–साधन भित्र्याएर दर्ता गरी सन्चालन गरेको भन्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सचिवस्तरको निर्णयले बिहीबार महाकाली अञ्चल यातायात कार्यालयका निमित्त प्रमुखसहित सात कर्मचारीलाई निलम्बन गरेको छ ।

यातायात व्यवस्था विभागका प्रवक्ता डा। टोकराज पाण्डेयले मन्त्रालयको सचिवस्तरको निर्णयबाट यातायात कार्यालयका निमित्त प्रमुख हेमन्तबहादुर सिंहसहित कर्मचारी निलम्बनमा परेको जानकारी दिए ।

निलम्बनमा पर्नेमा यातायात कार्यालयका मेनानिकल इन्जिनियर दीपक थापा, नासु नरेन्द्रराज जोशी, तारादत्त भट्ट र महादेव भट्ट तथा खरिदार केशवदत्त बडू र श्यामराज ओझा छन् ।

यातायात व्यवस्था विभागको सिफारिसमा मन्त्रालयले निलम्बन गरेको विभागका प्रवक्ता पाण्डेयले राससलाई जानकारी दिए ।

‘आन्तरिक छानबिन गर्‍यौं, कैफियत देखियो’–उनले भने–‘सो कार्यमा संलग्न देखिएपछि निलम्बन गरिएको हो ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *