जिल्ला प्रशासन सर्लाहीका शाखा अधिकृत घूस लिएको आरोपमा पक्राउ

काठमाडौ, जेठ २३ । सर्लाहीमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले जिल्ला प्रशासन कार्यालय सर्लाहीका शाखा अधिकृतलार्इ पक्राउ गरेको छ ।

घूस लिएको आरोपमा आयोगको टोलीले शाखा अधिकृत सुरेशप्रसाद दासलार्इ पक्राउ गरेको हो ।

अधिकृत दासले सेवाग्राहीबाट ५० हजार रुपैयाँ घूस लिएको बर्दिवासस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सम्पर्क कार्यालयले जनाएको छ ।

शाखा अधिकृत दास चढेको बा६च ११८६ नम्बरको कारमा लुकाएर राखेको अवस्थामा ५० हजार रुपैयाँ फेला पारिएको अख्तियारको कार्यालयले जनाएको छ ।

अधिकृत दासलार्इ बर्दिवास ल्याउने तयारी भैरहेको र थप अनुसन्धान हुने कार्यालयले जनाएको छ ।

 “

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − 13 =