फोहोरमा भेटिएको शिशुलाई महिला प्रहरीले गराइन् स्तनपान

नयाँदिल्ली,जेठ २३ । दक्षिण भारतको कर्नाटकमा एक महिला प्रहरीले फोहोरको थुप्रोमा छाडिएको नवजात शिशुलाई स्तनपान गराई ज्यान बचाएकी छिन् ।

फोहोरको थुप्रोमा छाडिएको नवजात शिशुलाई स्तनपान गराएर बचाएकोमा प्रहरी मिहलाको सबैले प्रशंसा गरेका छन् ।

‘मैले त्यो देख्नै सकिनँ,’ उनले भनिन्, ‘मलाई मेरै बच्चा रोइरहेको जस्तो लाग्यो र बच्चालाई दूध चुसाएँ ।’

राजधानी बैंगलोरको एक निर्माण क्षेत्रमा फोहोरको थुप्रोमा उक्त बच्चालाई देखेपछि नजिकैका एक पसलेले प्रहरीलाई खबर गरेका थिए ।

शिशुलाई स्थानीयबासीले सरकारी नाम दिएका छन् । स्थानीयहरुले उक्त शिशुको नाम कर्नाटकका मुख्यमन्त्री कुमारास्वामीको नामबाट ‘सानो कुमारास्वामी’ राखेका हुन् ।

महिला प्रहरीको नाम अर्चना भएको जनाइएको छ । अर्चनाले आफूले भर्खरै छोरा जन्माएको र फोहोरको थुप्रोमा नवजात शिशुलाई पहिलोपटक देख्दा नै आफ्नै बच्चाजस्तै लागेकाले स्तनपान गराएको बताएकी छन् ।

प्रहरी अधिकारी नगेश आरका अनुसार शिशुलाई शहरको बाहिरी इलाकाको फोहोरको थुप्रोमा बेवारिसे भटेपछि उनीहरुले नजिकैको अस्पतालमा लगेका थिए ।

शिशुलाई बालगृहको जिम्मामा दिइएको र कसले त्यसरी छाडेर गयो भनेर छानबिन गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *