ग्वाटेमालाको ज्वालामुखीविस्फोटमा ७२ को मृत्यु

 काठमाडौं, जेठ २३ । ग्वाटेमालामा फेरि ज्वालामुखी विस्फोट भएको छ । ज्वालामुखी विस्फोटमा मृत्यु हुनेको संख्या ७२ पुगेको छ । फोएगो नामक ज्वालामुखीबाट सो संख्यामा मानिसहरुको मृत्यु भएको हो ।

कैयौं मानिस वेपत्ता भएका अधिकारीहरुले जनाएका छन् । ग्वाटेमालाको राष्ट्रिय भूगर्भ केन्द्रका प्रमुख एड्डी सान्चेसले केही दिनसम्म ज्वालामुखी विस्फोट नहुने बताएपनि फेरि ज्वालामुखी विस्फोट भएको हो ।

फेरि ज्वालामुखी विस्फोट हुनथालेपछि आपत्कालीन सेवाका अधिकारीहरूले वरपरका मानिसहरूलाई सुरक्षित स्थानमा सारिरहेका छन् । अधिकारीहरूका अनुसार ज्वालामुखी विस्फोटका कारण १७ लाख मानिस प्रभावित भएका छन्, बीबीसीले लेखेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 4 =