सेयर लगानीकर्ता आन्दोलनमा

“
काठमाडौं,जेठ २२ । सेयर लगानीकर्ता खरिदविक्री छाडेर आन्दोलनमा उत्रेका छन् । सेयर बजार लगानीकर्ताको आन्दोलनका कारण साताको तेस्रो दिन मंगलबारको कारोबार ठप्प भएको छ ।
आन्तरिक राजस्व विभागले गरेको हकप्रद र बोनस सेयरमा लाभकर लगाउने सर्कुलर र बजेटमा उल्लेख भएको लाभकर ५० प्रतिशतले बढाउने व्यवस्थाको विरोधमा लगानीकर्ता आन्दोलनमा उत्रिएका हुन् ।
आन्दोलनको कार्यक्रमअन्तर्गत दोस्रो दिन मंगलबार लगानीकर्ताले बिहान साढे १० बजे नेप्से कार्यालय घेरेका थिए भने अहिले ब्रोकर कार्यालयमा धर्ना दिइरहेका छन् ।
सेयर लगानीकर्ता संघ नेपाल, नेपाल इन्भेस्टर्स फोरम तथा नेपाल पूँजीबजार लगानीकर्ता संघको अगुवाइमा आन्दोलनको कार्यक्रम जारी छ ।
सरकारले बोनस तथा हकप्रद सेयरको अंंिकत मूल्यलाई आधार मानी लगाएको लाभकरको विरुद्धमा लगानीकर्ता आन्दोलित भएका हुन् । लगानीकर्ता संगठनहरुले सेयर खरीद–बिक्री कार्यमा संलग्न नहुन लगानीकर्तालाई आग्रह गरेका छन् ।
विरोधको कार्यक्रस्वरुप हिजो लगानीकर्ताले नेप्से कार्यालयमा धर्ना दिनुका साथै नेपाल धितोपत्र बोर्ड र अर्थ मन्त्रालयका पदापधकारीसँग भेटवार्ता गरेका थिए ।
“








