अनौठो प्रथा ! जहाँ बिहे अगाडि नै हनिमुन मनाउन पठाइन्छ

नेपालमा त बिवाह अगावै हनिमुनका बारेमा सोच्न पनि मनाहि छ । तर भारतको एक समुदायमा बिहे अगाडि नै केटा–केटीले सुहागरात मनाउने मौका पाउँदछन् ।

छत्तिसगढको बस्तरमा बस्ने गोँड नामक आदिवासी समुदायमा बिहे अगाडि नै हनिमुन मनाउने अनुमति हुन्छ । यो प्रथालाई घोटुल भनिन्छ ।

यो परम्पराको मुख्य उद्धेश्य किशोर किशोरीहरुलाई प्रशिक्षित गर्नु हो । यसका माध्यमबाट घर गृहस्थी तथा अन्य जिम्मेवारीहरुको बारेमा विवाह हुने क्रममा रहेका केटा केटीहरु दीक्षित हुन्छन् भन्ने मान्यता छ ।

घोटुल नामक यो परम्परा यस समुदायको लिंगोदेव नामक देवताले सुरु गरेको जनविश्वास छ । उनलाई लिंगोपेन भनिन्थ्यो ।

यो जनजाति समुदाय छत्तिसगढदेखि झारखण्ड सम्मको जंगली इलाकामा बस्दछ । घर गृहस्थी तथा वैवाहिक जिवनपछिका जिम्मेवारीका विषयमा शिक्षा लिन बिहे अगाडि नै हनिमुन मनाउने युवकलाई चेलिक र युवतीलाई मटियार भनिन्छ ।

गाउँको मुख्य वस्तीबाहिर झुपडीहरु बनाइएको हुन्छ । त्यहाँ बालबच्चालाई शिक्षा पनि दिइन्छ । तिनै झुप्रामा अविवाहित केटा केटीहरुले हनिमुन मनाउँदछन् ।

यसरी सुहागरात मनाउने चेलिक र मटियारको छनोट गर्ने परम्परा अझै अनौठो छ । किशोरावस्थामा पुगेको केटालाई चेलिकको रुपमा सुहागरात पठाउने तयारी गरिन्छ । त्यसपछि किशोरलाई बाँसको डोको बुन्ने काम दिइन्छ । जुन किशोरले सबैभन्दा राम्रो र कलात्मक डोको बुन्छ उसलाई सबैभन्दा सुन्दरी केटीसँग हनिमुन मनाउने मौका दिइन्छ ।

भारतमा बलात्कारका घटना बढिरहँदा त्यस समुदायमा भने बलात्कारका घटना शुन्य भएको बताइन्छ । उक्त समुदायमा रहेको यस्तो खुल्ला यौन परम्पराले बलात्कारलाई निरुत्साहित गरेको बताइन्छ । एजेन्सी

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *