नारायणगढ–मुग्लिन सडकखण्ड खुल्यो, यातायात सहज हुन अझै केही समय लाग्ने

चितवन, जेठ २२ । पहिरोका कारण अवरुद्ध बनेको नारायणगढ–मुग्लिन सडकखण्ड खुलेको छ । चारकिलो भन्ने ठाउँमा झरेको पहिरो पन्छाएपछि नारायणगढ–मुग्लिन सडकखण्ड दुईतर्फी सञ्चालनमा आएको हो ।

सडकमा अत्यधिक सवारी चापका कारण यातायात आवतजावत सहज हुन भने तीन घण्टाभन्दा बढी समय लाग्ने इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।

१० बजेदेखि ४ बजेसम्म नियमित हुँदै आएको बन्द भने जाम खुलेर यातायात सहज भएपछि मात्रै गरिने चितवन प्रहरीले जनाएको छ ।

नारायणगढ–मुग्लिन सडक बिस्तारको क्रममा बिहान १० बजेदेखि दिउँसो चार बजेसम्म यातायात बन्द गरिँदै आइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *