ट्रक र ट्याक्टर ठोक्किदाँ ट्रकमा आगलागी

काठमाडौ, जेठ २१ । धादिङको धार्के नजिकै ट्रक र ट्रयाक्टर एकआपसमा ठोक्किँदा ३ जना घाइते भएका छन् । भने ट्रकमा आगलागी भएको छ ।

प्रहरी चौकी खानीखोलाका अनुसार काठमाडौबाट चितवन जाँदै गरेको बा १७ प १०९३ नम्बरको ट्रयाक्टर विपरित दिशाबाट आइरहेको ना ५ ख ८७७० नम्बर ट्रकसँग ठोक्किएको थियो ।

ट्रयाक्टर ट्रकको डिजेल ट्याङ्कीमा ठोक्किएपछि आगलागी भएको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।

अहिले पनि आगो रोकिएको छैन । जिल्ला प्रहरी कार्यालयको टोली घटनास्थलतर्फ लागेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × three =