भरिया गुरुङलाई आठ करोड जरिवानासहित १० वर्ष कैद

लमजुङ, जेठ २१ । अन्नपूर्ण पदमार्गअन्तर्गत लमजुङको खुदीमा १७ किलो सुनसहित पक्राउ परेका एक युवक पक्राउ परेका थिए ।

पक्राउ परेका मनाङको नासोङ गाउँपालिका–९, दानाक्युका ३१ वर्षीय पासाङ गुरुङलाई आठ करोड १६ लाख १४ हजार ९ सय ६० जरिवाना सहित १० वर्ष छ महिना जेल सजाय भएको छ ।

लमजुङ जिल्ला न्यायाधीश कोमलप्रसाद आचार्यको इजलासले संगठित अपराध निवारण ऐन, २०७० अन्तर्गत ज्याला मजदूरी गर्दै आएका गुरुङलाई उक्त सजाय गर्ने फैसाला गरेको स्रेस्तेदार भूमिप्रसाद शर्माले जानकारी दिएका छन् ।

मनाङबाट बेँसीशहरतर्फ मोटरसाइकलमा आएका गुरुङ पाँच महिनाअघि १७ किलो सुनसहित मस्र्याङ्दी–२, खुदीमा पक्राउ परेका थिए ।

भरियाका रुपमा सुन बोकेका गुरुङ पक्राउ परे पनि मुख्य तस्करी भने अझै अज्ञात छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + seven =