गैडाको खागसहित एक युवक पक्राउ

काठमाडौ, जेठ २१ । महानगरीय प्रहरी वृत्त लैनचौर सोह्रखुट्टेले गैडाको खागसहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धादिङको वेनिघाट रोराङ्ग गाउँपालिका–५ का १९ वर्षीय जिसन सुनार छन् ।

सिंग जस्तो देखिने गैंडाको खाग ६५ लाख रुपैयाँमा विक्री गर्न लागेको अवस्थामा उनलाई नयाँ बजार क्षेत्रबाट नियन्त्रणमा लिइएको वृत्तका डिएसपी दिपक पोखरेलले बताएका छन् ।

पक्राउ परेका सुनारमाथि थप अनुसन्धान तथा काराबाहीका लागि खागसहित जिल्ला वन कार्यालय, हात्तिसार पठाइएको उनले बताएबा छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *