मेक्सिकोः सवारी दुर्घटनामा परि दश जनाको मृत्यु

मेक्सिको सिटी, जेठ २० । मेक्सिकोमा शनिबार भएको सवारी दुर्घटनामा परी कम्तीमा दश जनाको मृत्यु भएको छ ।

मध्य मेक्सिको राज्यमा मालबहाक ट्रकले यात्रु लिएर गुडिरहेको बसलाई ठक्कर दिएर दुर्घटना भएको स्थानीय प्रहरी अधिकारीले बताएका छन् ।

घटनामा परी अरु ११ जना घाइते भएका छन् । ट्रकको ‘ब्रेक फेल’ भएर बसलाई ठक्कर दिएको बताइएको छ । ट्रकमा निर्माण सामग्री रहेको थियो ।

मृतकमध्ये आठ जनाको घटनास्थलमै र अरु दुई जनाको अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको प्रहरी अधिकारीले जनाएका छन् ।

घाइतेहरुलाई उपचारका लागि अस्पताल लगिएको छ ।

मेक्सिको राज्यका गभर्नर अल्फ्रेडो डेल माजोले सामाजिक सञ्जाल ट्वीटरमा एक सन्देश लेख्दै घटनाका पीडित र उनीहरुका परिवारजनलाई सरकारको तर्फबाट उचित सम्बोधन हुने बताएका छन् ।

साथै उनले मृतकप्रति श्रद्धाञ्जलि र आफन्तप्रति समवेदना पनि व्यक्त गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 6 =