पेट्रोलियम पदार्थको मुल्य वृद्धिमा नेवि संघ आन्दोलित

काठमाडौ, जेठ २० । नेपाल बिद्यार्थी संघले पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धि विरुद्ध विरोध जुलुस निकालेको छ ।

आइतबार दिउँसो प्रदर्शनीमार्गमा नेवि संघले पटक पटक पेट्रोलियम पदार्थमा भैरहेको मुल्य वृद्धि विरुद्ध विरोध जुलुस निकालेको हो ।

विरोध जुलरसमा बोल्दै नेवि संघका केन्द्रिय सदस्य मनिश जङ थापाले कम्युनिस्ट सरकारले आफ्ना अराजक र जनता मारमा पर्ने गतिविधि नरोके सडकबाटै ओलि सरकार फालिदिने चेतावनी समेत दिएका छन् ।

जुलरसमा नेवि संघका केन्द्रिय सदस्य मनिश थापा, प्रेम शाही, पुनम भट्ट लगायत बिद्यार्थी नेता उत्तम साउद, सुरज सेजुवाल, शन्जिब ढकाल, भानुभक्त जोशी, अशोक बिस्ट लगायत विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।

सरकारले मूल्य वृद्धि फिर्ता निलिए नेवि संघले ससक्त आन्दोलन गर्ने चेतावनी समेत दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + 16 =