नोबेल अस्पताल सञ्चालक एवं समाजसेवी डा.शर्मालाई सम्मान (भिडियो रिपोर्ट सहित)

बिराटनगर, १९ जेठ । स्वास्थ्य क्षेत्रमा योगदान पुर्याएवापत बिराटनगरको नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलका सञ्चालक एवं समाजसेवी डा.सुनिल शर्मालाई सम्मान गरिएको छ । सुलभ मिडिया प्रा.लि.द्वारा सञ्चालित मकालुखबर अनलाईनको प्रथम बार्षिकोत्सवको अवसर पारेर राजधानीमा डा.शर्मालाई सम्मान गरिएको हो ।

कार्यक्रममा शिक्षा, बिज्ञान तथा प्रबिधि मन्त्री गिरीराजमणी पोख्रेल र मकालुखबरका अध्यक्ष फिलिप डिसीले सम्मानपत्र प्रदान गरी दोसल्ला ओढाएर सम्मानित गरेका थिए । स्वास्थ्य सेवाबाट बञ्चित नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा तथा निःशुल्क स्वास्थ्य शिक्षा उपलब्ध गराएर उदाहरणीय काम गरेकाले डा.शर्मालाई सम्मान गरिएको मकालु खबरका अध्यक्ष फिलिप डिसीले बताए ।

सम्मानित भएपछि बोल्दै डा.शर्माले आफु सामाजिक काममा बामे सर्दै गरेकाले अझै समाजसेवामा समर्पित भएर लाग्ने प्रतिवद्धता ब्यक्त गरेका छन् । कार्यक्रममा डा.शर्मासँगै शिक्षासेवी जोर्ज जोन, महिला अधिकारबादी नेतृ भगवती चौधरी र संगीतकार शक्ति बल्लभलाई पनि सम्मान गरिएको थियो ।

डा.शर्माद्वारा सञ्चालित नोबेल अस्पतालले २०७४ सालको अवधिमा मात्रै १ लाख ३ हजार ५ सय ४२ बिरामीलाई निःशुल्क उपचार गरेको छ । अस्पतालबाट ५५ हजार ९ सय ५९ बिरामीलाई २० करोड ८४ लाख ७१ हजार ९ सय ९० मुल्य वरावरको निःशुल्क उपचार गरिएको छ भने पूर्वका बिभिन्न जिल्लामा स्वास्थ्य शिविर सञ्चालन गरी ४७ हजार ५ सय ८३ बिरामीलाई निःशुल्क उपचार गरिएको नोबेल अस्पतालले जनाएको छ ।

२०६१ सालमा स्थापना भएको नोबेल अस्पतालले बिपन्न विरामीलाई दैनिक करिव ५ लाख वरावरको निःशुल्क उपचार गर्ने गरेको छ । नोबेलले पूर्वका बिभिन्न जिल्लामा नियमित निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरी विपन्न विरामीलाई निःशुल्क उपचार गर्दै आएको छ ।

को हुन् डा.सुनिल शर्मा ?

झापाको दमक स्थित दुम्सेमा २०३४ पुस २२ गते वुवा लोकनाथ र आमा होमादेवी न्यौपानेको कोषबाट जन्मिएका डा.सुनिल शर्मा सामाजिक ब्यक्तिका रुपमा स्थापित छन् । स्वास्थ्य क्षेत्रमा प्रसिद्ध बिराटनगरको नोबेल शिक्षण अस्पतालका सञ्चालकसमेत रहेका डा.शर्माले जिवनमा अनेकौं दुःख कष्ट झेल्दै यो अवस्थामा आईपुगेका हुन् ।

आफुले जिवनमा भोगेका दुःख कष्टका कारण उनी गरिब र असहायलाई सहयोग गर्नुपर्छ भनेर सहयोगी भावनाले अघि बढिरहेका छन् । सामाजिक र आर्थिक रुपमा स्थापित भएपछि उनी अहिले दुःखी गरिवको सेवामा समर्पित भएका हुन् । बाल्यकालमा रिक्सा कुदाउँने, क्यारेमवोर्ड खेलाउँने र हाँस बेच्ने जस्ता कठिन काम एवं कठोर संघर्ष गरेका डा.शर्मा सोहि मेहनतका कारण अहिले सफल ब्यक्तिका रुपमा उदाहरणीय बनेका छन् ।

डा.शर्माले हजारौं बिपन्न बिरामीलाई निःशुल्क उपचार गरेर ज्यान बचाउँनुका साथै लाखौं बिरामीलाई निःशुल्क उपचार गराएका छन् । शिक्षाबाट बञ्चित दयनीय आर्थिक अवस्था र सामाजिक उत्पीडनमा पारिएका जातिका सयौं बिद्यार्थीलाई निःशुल्क स्वास्थ्य शिक्षा उपलब्ध गराएर डा.शर्माले उनीहरुको जिवनमा परिवर्तन ल्याईदिएका छन् ।

डा.शर्माकै कारण नेपालमै पहिलोपटक सतार समुदायका युवाले एमवीवीएस उत्तिर्ण गरी डाक्टर बन्ने अवसर पाएका छन् । उनले आफ्नै लगानीमा चमार, डुम, झागड, मुसहर जस्ता जातिलाई निःशुल्क स्वास्थ्य शिक्षा पढाएका छन् । निरन्तर सामाजिक सेवामा समर्पित डा.शर्मा अहिले समाज र राष्ट्रकै लागि उदाहरणीय ब्यक्तिको रुपमा स्थापित बनेका छन् ।

(हेर्नुहोस भिडियो)

https://www.youtube.com/watch?v=WI21IZwdDkY”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *