अभियुक्त छिरिङको इन्कारी बयानः म गोरेलाई चिन्दिनँ

“
काठमाडौ, जेठ २० । सुन तस्करीको अभियुक्त छिरिङ वाङ्गेल घलेले इन्कारी बयान दिएका छन् ।
लामो समयसम्म फरार रहेका छिरिङले आइतबार जिल्ला अदालत मोरङमा आत्मसमर्पण गरेका थिए ।
आत्मसमर्पण गरे लगतै सुरु भएको बयानमा उनले आफूमाथि लागेको सबै आभियोग अस्वीकार गरेका छन् ।
भुजुङ गुरुङ नाताले भिजानु पर्ने भएपछि सुन तस्करीमा आफ्नो संलग्नता नभएको उनले बताएका छन् ।
उनले मुख्य अभियुक्त चुडामणि उप्रेती गोरेसँग भने चिनजान नै नभएको दाबी गरेका छन् ।
गोरेले सुन तस्करीको नेपालमा सेटिङ मिलाउने मुख्य व्यक्ति छिरिङ भएको र उनीको मातहतमा बसेर आफूले भरियाको नेतृत्व गरेको बयान दिएका छन् ।
छिरिङले भने आफू सुन तस्करीमा संलग्नै नभएको दाबी गरेका छन् । साढे ३३ किलो सुन हराएपछि भने गोरे र उनका केटाहरुलाई दुई पटक बोलाएर सोधपुछ गरेको स्वीकार गरेका छन् ।
तिलगंगा नजिकै एक होटलमा भएको सोधपुछका क्रममा गोरेकै दबावमा आफूले भुजुङलाई फोन गरेको उनको रहेको बयान छ ।
गोरे समूहका मानिसहरुले भन्ने गरेको डा. डेविट आफू नभएको दाबी गर्दै उनले भने, ‘निजले अदालतमा म विरुद्ध बयान गर्नुका कारण आफ्नो समूहका मानिसलाई बचाई मलाई फसाउन हुनुपर्छ । गोरेले भनेको छिरिङ अर्कैै पनि हुनसक्छ । म छिरिङ वाङ्देल गुरुङ हो म सुन कारोगार नगर्ने हुँदा निर्दोष छु ।’
भुजुङसँग हाइड्रोको शेयरमा आफूले कारोबार गरेको छिरिङको बयानमा उल्लेख गरिएको छ ।
“








