४५ सय नआएपछि मुख्यसचिव सुवेदीले राजीनाम नदिएका रहेछन्

काठमाडौं, साउन ५ । जीवन पैसा भन्दा अरु के नै रहेछ र ? बूढेसकालमा नेपालको जागिर नपचेपछि पूर्व मुख्यसचिव सोमलाल सुवेदी डलरको जागिर खान मनिला उडीसकेका छन् । तर, उनी केहीदिन अघि त्यतातिर हुइकिएपनि यताको काम लगालिंग नै थियो ।

हो,हिजोसम्म सामान्य प्रशासन मन्त्रालयमा दुई भाई सचिव भएर काम गरिरहेका थिए । नव नियुक्त मुख्यसचिव राजेन्द्र किशोर क्षेत्री र सुवेदी । तर आजबाट एक भाईले सक्ने भएपछि सरकारले पूर्वमुख्यसचिव सोमलाल सुवेदीलाई त्यो पदबाट हटाएको छ । मुख्य सचिवको जागिर उड्न एक बर्ष भन्दा बढी समय भएपछि उनले राजीनामा नै नदिई मनिला हिँडेका थिए, पछि बिचार गरौँला भनेर ।

यससँगै उनको नाम र पद सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा राख्ने निर्णय गरिएको थियो तर त्यो आज खारेज भएको छ । साथै सरकारले उनको राजीनामा समेत स्वीकृत गरेको छ ।

आज बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले सुवेदीको राजीनामा स्वीकृत गरिसकिएको अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जनाएका हुन् बताए । उनले सरकारसँग थप तीन वर्ष सेवा गरे बराबरको पेन्सन बढाउन रोइकराई गरेर पदबाट राजीनामा नदिई पदलाई अतिरिक्त समूहमा राखे एडीबी जागिर खान मनितर्फ उडेका थिए । यससँगै उनले झण्डै ४५ सय रुपैयाँ बढी पेन्सन पाउने थिए ।  तर, आज बसेको मन्त्रिपरिषदको बैंठकले उनको राजीनामा स्वीकृत गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *