एक महिलाको शव फेला

राजविराज, जेठ २० । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको भारदहमा आज एक महिलाको शव फेला परेको छ ।

हनुमानगर कंकालनी नगरपालिका– १ कोशी ब्यारेज नजिकै पूर्वपश्चिम राजमार्ग छेउमा महिलाको शव फेला परेको इलाका प्रहरी कार्यालय भारदहले जनाएको छ ।

शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा राखिएको छ ।

घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *