७६ वर्षको उमेरमा पूर्वगृहमन्त्री शाहीको निधन
२०७४ जेठ १५ गते

“
काठमाडौं, जेठ २० । पूर्वगृहमन्त्री दानबहादुर शाहीको निधन भएको छ । शाहीको ७६ वर्षको उमेरमा ग्राण्डी अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।
ग्राण्डी अस्पतालले आइतबार बिहान ७ बजेर ५ मिनेट जाँदा शाहीको मृत्यु भएको जनाएको छ । शाही श्वासप्रश्वास, मिर्गौला, मुटु रोगबाट पीडित थिए । समस्या थप जटिल बनेपछि उनी १ हप्ताअघि अस्पताल भर्ना भएका थिए ।
शाही २०६० सालमा सूर्यबहादुर थापा नेतृत्वको सरकारमा गृहमन्त्री थिए ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








