ओएसिस मेडिकल कलेजको ‘मनपरी’ खबरदारी गर्ने कि नगर्ने ?

काठमाडौं, साउन ५ । नेपाल नर्सिङ परिषद्को नियमलाई लत्याएर विश्वविद्यालयले कसरी मनरी गर्दाेरहेछ भन्ने रहस्यमय उदाहरण फेला पारिएको छ । परिषद्को निमयलाई टोकरीमा फालेर पूर्वाञ्चल विश्वविद्यालय चिकित्साशास्त्र संकायको ओएसिस मेडिकल कलेजले मोटो रकम असुलेर विद्यार्थी भर्ना गरिरहेको घटना फेला परेको हो ।

नियममा उल्लेख गरिएको छ, कुनै पनि नर्सिङ शिक्षण संस्था स्थापना र सञ्चालन स्वीकृति दिनुपूर्व सम्बन्धित निकायले नेपाल नर्सिङ परिषद्सँग परामर्श लिएर सो मापदण्ड बमोजिम कामकारबाही अघि बढाउनुपर्ने हुन्छ । नेपाल नर्सिङ परिषद् ऐन, २०५२ को दफा ९ बमोजिम न्यूनतम मापदण्ड पूरा गरेर मात्रै कक्षा भर्नालगायत अन्य कामहरु गर्नुपर्ने हुन्छ । तर, पूर्वाञ्चल विश्वविद्यालय चिकित्साशास्त्र संकायको ओएसिस मेडिकल कलेज टिचिङ हस्पिटल, भरतपुरले त्यो नियमलाई आफ्नो गोजिमा राखेर मनपरी गरेको भेटिएको छ ।

उक्त मेडिकल कलेजको अवस्थाबारे परिषद्ले पटक पटक गरि अनुसन्धान गरेर मापदण्डविपरीत रहेको बताएको थियो । परिषद्ले दुईपटक कलेजको अनुसन्धान गरेर तत्काल विद्यार्थी भर्ना आह्वान नगर्न सूचना जारी गरेपनि कलेजले परिषद्को नियमलाई लत्याएर ०७४÷०४÷०३ गते मंगलबार विद्यार्थी भर्ना विज्ञापन प्रकाशन गर्यो । परिषद्ले पटक पटकको अनुसन्धानपश्चात् मापदण्डविपरीत कलेज सञ्चालन गरेका भनि उर्दी जारी गरेपनि उसले अटेरी गर्दै भर्ना लिन थालेको हो ।

मंगलबार ३ गते लोकप्रिय दैनिक पत्रिकामार्फत पूर्वाञ्चल विश्वविद्यालयले ओएसिस मेडिकल कलेजसहित ३९ आंगिक क्याम्पसहरुको प्रवेश परीक्षा सम्बन्धि सूचना जारी गर्दै धमाधम विद्यार्थी भर्ना लिन लागिएको सूचना शैक्षिक सत्र ०७४÷०७५ का लागि तीन र चार बर्षे स्नातक तहको नयाँ विद्यार्थी भर्ना लागि आवेदन खोलिएको सूचना प्रकाशित गरेको थियो । यसरी परिषद्को नीति पालना नगरी उक्त मेडिकल कलेजले आफूखसी ढङगले विद्यार्थीका अभिभावकबाट मोटो रकम असुलेर भर्नासँगै अध्यापन थालनी गर्दा त्यसको भोलि जिम्मेवारी को हुने ? सबैले यसमाथि खबरदारी गर्ने कि नगर्ने ? प्रश्न गम्भिर बनेको छ ।

यसरी परिषद्ले पटक पटक गरेर तत्काल विद्यार्थी भर्ना नगर्न ह्विप जारी गरेपनि विद्यार्थी, अभिभावक, शैक्षिक संस्थाले र विश्वविद्यालयले बेवास्ता गरि भर्ना कार्यक्रम अघि बढाएको वास्ता गरि भर्ना कार्यक्रम अघि बढाएकोले यसको जिम्मेवारी उनीहरुले नै बेहोर्नुपर्ने भन्दै नेपाल नर्सिङ परिषदले आज ध्यानाकर्षण पत्र जारी गरेको छ ।

हेर्नुहोस्, कलेजबाट जारी गरिएको विज्ञापन 

यो पनि हेर्नुहोस् ,आज परिषद्ले जारी गरेको सूचना 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *