गजल
२०७४ जेठ १५ गते

“गजलकारः सगोत्री आचार्य
हरेश खाएर कोही नमरोस् मकालु खबर साथमा छ
सूचनाको सुवास नझरोस् मकालु खबर साथमा छ
खरायोलाई पोखरी उपहार दिनेहरू जति होसियार
मृत्युले व्यापार नगरोस् मकालु खबर साथमा छ
भ्रष्टलाई कालले विर्सिएछ भने मिडिया सम्झिनु
अख्तियार भ्रममा नपरोस् मकालु खबर साथमा छ
प्रेमको पिलर लडाएर…आत्मामा घृणा बढाएर
मुटुको पिलर नसरोस् मकालु खबर साथमा छ
दाता र माता एउटै हुन् हाम्रो सञ्चार गृहलाई
दुनियाँले भ्रम नछरोस् मकालु खबर साथमा छ ।“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








