फोरम आज सरकारमा जाँदै, यादव स्वास्थ्य मन्त्री हुँदै

काठमाडौं, जेठ, १८ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिपरिषद् विस्तार गर्दै संघीय समाजवादी फोरमबाट दुई मन्त्री नियुक्त गरेका छन् ।

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव स्वास्थ्यमन्त्री र मोहम्मद इस्तियाक राइन शहरी विकासमन्त्री नियुक्त भएका हुन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा यादव र राइनलाई मन्त्री नियुक्त गरेकी छन् ।

नवनियुक्त मन्त्रिहरुको सपथ अपराह्न ५ बजे शीतल निवासमा हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − eleven =