आजको सन्दर्भमा मकालु खबर डटकम…

काठमाडौँ, जेठ १८ । आजको प्रतिस्प्रधी युगमा आफुलाई समयसापेक्ष बनाइ यहाँसम्म पुग्न यस मकालु खबर डटकमले धेरैको साथ र सहयोग पाएको छ । हामी सबैप्रति कृतज्ञ छौँ । विशेष गरी मकालु टिमले दिएको समय र योगदान अतुलनीय छ ।

मकालु खबर डट कमले आज एक वर्ष पार गरेको छ । छोटो समयमा नै ग्राहक र विज्ञापनदाताले हामीलाई विश्वास र माया गरी दिनु भएको साथ र सहयोगप्रति हामी आभारी छौँ । यो साथ र सहयोग निरन्तर रहनेछ भन्ने हाम्रो आशा छ ।

वि.स.२०७४ साल जेष्ठ १८ गते स्थापना भएको यस मकालु खबर डट कमले निरन्तर रुपमा विभिन्न आरोह अवरोह छिचोल्दै आज १ वर्ष पुरा गरेको छ ।

आजको यस सञ्चारको युगमा सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा भईरहेको तीव्र विकासले कुनै पनि सञ्चारमाध्यमले आफुलाई परिमार्जित र समयसापेक्ष बनाउन जरुरी हुन्छ ।

आजको प्रतिस्प्रधि सञ्चारको क्षेत्रमा मकालु टिम पनि पत्रकारिताका विश्व्यापी मुल्यमान्यता र आचारसंहितालाई मनन गर्दै पत्रकारितालाई मर्यादित र व्यवस्थित बनाउन जहिल्यै पनि तयार छ र तयार रहनेछ ।

निकट भविष्यमा नै यस शुलभ मिडिया प्रालीले मकालु टेलीभिजनको पनि प्रारम्भ गर्नेछ । मकालु खबर डटकमले विसं २०७५ साल बैशाखदेखी नै मकालु टाईम्सको मासिक प्रकाशन पनि गरेको छ । आशा छ यसले आजको प्रतिस्प्रधि युगमा आफुलाई अब्बल सावित गर्नेछ ।

अहिले सम्मको यस शुलभ मिडियाको गतिविधिको मुल्यांकन गर्दा त अब यस मिडिया प्रालीले केही अझ धेरै प्रगति गर्न सक्छ भन्ने छ तर यस मिडियाले अगाडी धेरै चुनौतीको सामना गर्नुपर्ने हुन्छ ।

निरन्तर रुपमा प्रतिस्प्रधात्मक रुपमा अघि बढ्नका लागि शुलभ मिडिया प्राली द्धारा सञ्चालित मकालु खबर डटकमले  आफ्नो टिमलाई दक्ष, एवं सकृय बनाउन जरुरी देखिन्छ ।

मकालु खबर डटकम काठमाडौँ केन्द्रित मात्रै नभई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्प्रधा गर्ने किसिमको बनाउनुपर्छ । यसका लागि यस मिडियाले उठाउने विषयवस्तुमा विविधता ल्याउनुपर्छ ।

पछिल्लो समयमा अनलाइन सञ्चारमाध्यमको संख्यात्मक वृद्धि त भएको छ तर कन्टेन्टमा गुणस्तरीयता भने अपुग देखिन्छ । यस्ता धेरै अनलाईनहरुको माझमा आफ्नो छुट्टै पहिचान र अस्तित्व बनाउन यस मकालुखबर डटकमले आफ्नो व्यवस्थापनलाई अझै राम्रो बनाउनु पर्ने हुन्छ ।

छोटो समयमा थोरै साधन र स्रोतबाट सुरु भएको यस मकालुखबर डटकमको अगामी विकास र प्रवद्र्धनका लागि शुलभ मिडिया टिम, मकालु खबर डटकमको टिम, ग्राहक महानुभावहरु, विज्ञापनदाता, एवं शुभचिन्तक लगायत सबैको साथ, सहयोग र समर्थनको महत्वपूर्ण भूमिका रहनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *