मकालु खबरले निरन्तर मन जित्न सफल बनोस्

पत्रकारिता समाज परिवर्तनको महत्वपूर्ण आधारस्तम्भ हो । विकृतिलाई निरुत्साहित गर्दै असल कर्म गर्न प्रेरित गरी समाजलाई सही मार्गनिर्देश गर्नु पत्रकारको कर्म हो । समाचारको विषय उठान र सञ्चारसंस्था सञ्चालनमा आइपर्ने अनेकौँ समस्याका बीच पत्रकारिताको धर्म निभाउनु आजको समयमा कम चुनौतीपूर्ण छैन ।

जसलाई आत्मसात् गर्दै पाठकमाझ नयाँपनको अनुभूति पस्कँदै अघि बढिरहेको मकालु खबरका सम्पूर्ण टिमलाई सर्वप्रथम हार्दिक बधाई व्यक्त गर्दछौँ ।

खुशीको कुरा, मकालु खबरले शैक्षिक क्षेत्रलाई महत्वका साथ स्थान दिँदै आएको छ । शिक्षा यस्तो क्षेत्र हो, जसले विद्यार्थी मात्र होइन देशको भविष्य बोकेका हुन्छ । आजको विश्व परिवेशमा गुणस्तरीय शिक्षाबाट मात्र परिवर्तन सम्भव हुन सक्छ ।

शिक्षा क्षेत्रमा गरिएका असल कर्म र गर्न सकिने सम्भावना, चुनौती र यसमा रहेकाक विकृति विसंगतिका विषयमा मकालु खबरले उठाउँदै आएको बहसका विषयहरु प्रशंसनीय छन् । जसले शिक्षालाई कर्म क्षेत्र बनाएका हामी जस्ता शैक्षिक क्षेत्रमा लागेकाहरुलाई बुझेर अघि बढ्न प्रेरित गरिरहेको छ । जसका लागि मकालु खबरलाई धन्यवाद नदिइरहन सकिँदैन ।

मकालु खबरको पाठकको रुपमा भन्नुपर्दा पहिलो वर्षको प्रस्तुतिले मन जितेको छ । पत्रकारिता समाजप्रति समर्पित सेवामूलक कर्म हो । यो व्यावसायिक हुनुपर्छ तर व्यापारमा सीमित बन्नु हुँदैन भन्ने मेरो बुझाइ हो ।

समाजमा रहेका विकृत मानसिकतालाई चिर्दै कुनै पनि सम्झौता नगरी अघि बढ्न मकालु खबर टिमलाई सधैँ हिम्मत मिलिरहोस् । पहिलो वर्ष पूरा गरी दोस्रो वर्ष प्रवेशको अवसरमा पाठकको निरन्तर मन जित्न मकालु खबर परिवार सधैँ सफल बनोस् भन्ने शुभेच्छासहित सम्पूर्ण क्याम्ब्रिज इन्स्टिच्युट अफ टेक्नोलोजी परिवारको तर्फबाट हार्दिक शुभकामना व्यक्त गर्दछु ।

क्याम्ब्रिज इन्स्टिच्युट अफ टेक्नोलोजी

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *