बाँकेका डाक्टरहरुद्वारा गरिएको बिरोधका कार्यक्रम फिर्ता

नेपालगंज साउन ५ । नेपाल चिकित्सक संघ बाँकेले आन्दोलनका सम्पूर्ण कार्यक्रम स्थगन गरेको छ । चिकित्सकमाथि दुव्र्यवहार गर्ने र माँ जानकी अस्पताल तोडफोडमा संलग्न भनिएका २ जनालाई पक्राउ गरी कारवाही अघि बढाईएपछि चिकित्सकहरुको आन्दोलन फिर्ता भएको संघका सचिव डक्टर आर.के. झाले बताए ।

डक्टर श्याम सुन्दर यादवमाथि दुव्र्यवहार र अस्पतालमा तोडफोड गरेको आरोपमा बाँके प्रहरीले सन्दीप सिंह र महेश खतिवडालाई पक्राउ गरेको हो । त्यस्तै तोडफोडका मुख्य नाईके भनिएका एमालेको भ्रातृ संगठन युवा संघ बाँकेका सचिव कुस्माकर बस्याल लगायतको पनि खोजि भईरहेको र चाँडै पक्राउ गर्ने भनेर प्रहरीले आश्वस्त पारेपछि केहीबेर अघि संघले आन्दोलन स्थगन गरेको हो । चिकित्सकहरुको आन्दोलनका कारण दुई देखिदेखि बाँकेका निजी र सरकारी अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द थिए ।

सुरुमा राजनीतिक दबाबमा संघको उजुरी नै दर्ता नगरेको जिल्ला प्रहरी कार्यालय बाँकेले चौतर्फी दबाबपछि मंगलबार राति उजुरी लिन बाध्य भएको थियो । यता आफ्ना नेता–कार्यकर्ताहरुलाई झुठो मुद्दा चलाईएको भन्दै युवा संघको आह्वानमा आज साँझ ५ देखि ६ बजेसम्म नेपालगन्जको वीपी चोक र कोहलपुर चौराहामा १ घण्टा चक्का जाम गरिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *