उदयपुर: चट्याङ लागेर एकै परिवारका तीन जनाको मृत्यु
२०७४ जेठ १५ गते

“
उदयपुर, जेठ १८ । उदयपुरमा चट्याङ लागेर तीन जनाको मृत्यु भएको छ ।
उदयपुरको सुनकोसी गाउँपालिकाको वडा नं २ ताम्लिछामा गयराती हावाहुरीसहित परेको चट्याङले एकै परिवारका कृष्णबहादुर भुजेलका ८ बर्षीय छोरी बिष्णुमाया भुजेल, खड्ग भुजेलका ११ बर्षीय छोरा कौशल भुजेल र सोही ठाउँ निवासी ६३ वर्षीय धनप्रसाद राईको मृत्यु भएको हो ।
भुजेलका अर्का ६ बर्षीय छोरा रिजक भुजेल घाइते भएको उदयपुर प्रहरीले बताएको छ । सुनकोसी गाउँपालिका जिल्लाकै विकट गाउँपालिका हो ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








