मोटरसाइकल दुर्घटना: २८ वर्षीय सुनारको मृत्यु

धादिङ, जेठ १८ । बेनिघाट रोराङ गाउँपालिका– ३, मलेखुमा मोटरसाइकल र ट्रक ठोक्किएर आज बिहान दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

मलेखुबाट बेनिघाटतर्फ जाँदै गरेको बा ८७ प ३३९३ नं. को मोटरसाइकल सोही दिशामा जाँदै गरेको बा ४ ख १८९९ नं. को ट्रकमा ठोक्किएर दुर्घटना भएको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरिक्षक सञ्जय तिमल्सिनाले बताए ।

दुर्घटनामा मोटरसाइकलमा सवार बेनिघाट रोराङ गाउँपालिका–४ निवासी २८ वर्षीय निरन्जन सुनार घाइते भएकोमा राजमार्ग सामुदायिक अस्पताल, मलेखुमा उपचारको क्रममा मृत्यु भएको थियो । दुर्घटना भएको ट्रक, ट्रकचालक र मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 2 =