पोखरा लेखनाथ चापाकोटमा चट्याङबाट १ को मृत्यु, १ घाईते

पोखरा, साउन ५ । कास्कीको पोखरा लेखनाथ महानगरपालिका २३ चापाकोटमा बुधबार चट्याङबाट १ जनाको मृत्यु भएको छ, भने १ जना गम्भिर घाईते भएका छन् । मृत्यु हुनेमा स्थानिय २४ बर्षीया संजिता विक रहेकी छिन् ।

उनको उपचारको क्रममा गण्डकी मेडिकल कलेज पोखरामा बुधबार साँझ नै मृत्यु भएको हो । चट्याङबाट गम्भीर घाईते भएका बेल बहादुर विकको भने सोही अस्पतालमै उपचार भैरहेको छ ।

त्यसैगरी संखुवासभाको खाँदबारी नगरपालिका ५ रमितेमा बुधबार बेलुकी वर्षासँगै परेको चट्याङबाट ११ वर्षीय बालकको मृत्यु भएको छ । स्थानीय जस बहादुर तामाङका छोरा ११ वर्षीय मसिन तामाङकोे घटनास्थल मै मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *