नेपाली प्रहरीमा साइबर र मानव बेचबिखन ब्यूरो स्थापना हुने

काठमाडौ, जेठ १४ । नेपाल प्रहरीमा साइबर र मानव बेचबिखन ब्यूरो स्थापना हुने भएको छ ।

अर्थमन्त्री युवराज खतिवडाले वजेट प्रस्तुत गर्दै नेपाल प्रहरीमा साइबर र मानव बेचबिखन ब्यूरो स्थापना हुन लागेको जानकारी गराएका हुन् ।

ब्यूरोमा सम्बन्धित क्षेत्रमा योग्यता भएका प्रहरीलाई अधिकार दिएर कार्य सम्पादन गरिने जनाइएको छ ।

बजेट वक्तव्यमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको क्षमता अभिवृद्धि गरी आधुनिक र व्यवसायी बनाउने उल्लेख गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + 13 =