राप्रपा समाप्त पार्ने शक्तिहरु ?

२०७४ जेठ १५ गते

“
काठमाडौं, साउन ५ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा का अध्यक्ष कमल थापाले स्थानीय चुनावको परिणाम निराशजनक रहेको बताएका छन् । बुधबारबाट सुरु भएको पार्टीको केन्द्रीय समितिको बैठकमा प्रस्तुत गरिएको राजनीतिक प्रतिवेदनमा दुई पार्टीबीच एकीकरण भए पनि त्यको प्रभाव चुनावमा नदेखिएको निष्कर्ष रहेको छ ।
स्थानीय तहको निर्वाचनमा राप्रपाले अपेक्षित सफलता हासिल गर्न सकेन । पार्टि एकीकरणपश्चात देखिको उत्साजक माहौल तथा आमजनताको अपेक्षाको तुलनामा निर्वाचन परिणाम निराशजनक नै रहेको छ, थापाले निर्वाचन परिणाम गर्दै लेखेका छन् ।
थापाले वैचारिकरुमा पार्टी स्पष्ट भए पनि संगठन निर्माण गर्न नसकेो जस्तो आन्तरिक कारणमात्रै नभएर राप्रपाको अस्तित्व नै सामाप्त पार्न चाहने शक्तिहरु लागेका जस्ता कारण प्रस्तुत गरेका थिए, यो खबर आजको नगारिक दैनिकमा छ ।
“

२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित