बजेट : मदिराजन्य कारोवारमा अन्त शुल्क वृद्धि, स्वास्थ्य जोखिम कर लगाईने

काठमाडौँ, जेष्ठ १५ । आर्थिक वर्ष २०७५/०७६ को बजेटमा महानगरपालिका र उपमहानगरपालिका क्षेत्रभित्र मदिरा, चुरोट , स्यानीटरी इलेक्ट्रोनिक एवं निर्माण सामग्री लगायत वस्तुहरुको कारोवार अनिवार्य रुपमा मुल्यअभिवृद्धि करमा दर्ता हुनुपर्ने व्यवस्था गरेको छ ।

लामो समयदेखी मुल्यअभिवृद्धि कर नबुझाउने करदातालाई कर सहभागिता गरी नियमित हुन चाहेमा कर विवरण वापतको जरिवाना छुट दिने व्यवस्था गरेको छ ।

उपभोक्ताहरुबाट संकलन गरिएको मुल्यअभिवृद्धि कर रकम कर संकलन गर्ने व्यक्ति आफैले सोझै फिर्ता लिनेगरी भएको विधमान व्यवस्थालाई खारेज गरिएको छ ।

मदिराजन्य वस्तुको विक्रिमा अन्त शुल्क वृद्धि गरिएको छ । आजैदेखी लागु हुने गरी चुरोटका उत्पादन र पैठारीमा प्रति खिली २५ पैसाका दरले स्वास्थ्य जोखिम कर लगाईएको छ ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + one =