मकालु खबर
ताजा, शुलभ, निष्पक्ष

गणतन्त्र दिवसका दिन लालबाबु जानकी मन्दिर किन पुगे ?

धनुषा, जेठ १५ । आज देशभर गणतन्त्र दिवस मनाईंदैछ । प्रदेशस्तरमा पनि विभिन्न कार्यक्रमहरुको आयोजना गरिएका छन् । प्रदेश नम्बर २ मा पनि आज गणतन्त्र दिवसको उपलक्ष्यमा विभिन्न कार्यक्रम गरिदैछन् ।

यसै अवसरमा प्रदेश सरकारले आज बिहान जानकी मन्दिरबाट शुरु गरेको प्रभातफेरी रामानन्द चोक, पिराडी चोक हुँदै जनकपुर चुरोट कारखानास्थित कभर्ड हल पुगेर सभामा परिणत भयो ।

प्रदेशका मुख्यमन्त्री लालबाबु राउत गणतन्त्र दिवस मूल समारोह समितिका संयोजक पनि हुन् । जानकी मन्दिर परिसरमा अयोजित कार्यक्रममा राउतले भने ‘शहीदको बलिदानीबाट प्राप्त गणतन्त्रलाई अझै सुदृढ गर्दै लैजाने जिम्मेवारी हामी सबैको हो ।’

ज्ञात अज्ञात शहीदसहित गणतन्त्रका प्रथम अभियन्ता रामराजाप्रसाद सिंहले गणतन्त्र प्राप्तिका लागि पु¥याएको योगदानको कदर गर्दै उनले २००७ सालको क्रान्तिदेखि विभिन्न चरणको प्रजातान्त्रिक आन्दोलन, माओवादीको जनयुद्ध र मधेश विद्रोहको जगमा मुलुकले लोकतान्त्रिक गणतन्त्रको सुखानुभूति गरेको उल्लेख गरे।

यसअघि सोमबार गणतन्त्र दिवसको पूर्व सन्ध्यामा जानकी मन्दिरदेखि रामानन्द चोकसम्म सरसफाइसमेत गरिएको थियो ।

मुख्यमन्त्री लालबाबु राउतको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सरकारका मन्त्री, प्रदेशसभाका सदस्य, जनकपुर उच्च अदालतका न्यायाधीश, प्रदेश सरकारका सचिव, सुरक्षा निकायका प्रमुख तथा कर्मचारीको सहभागिता थियो ।

प्रतिकृयाहरु
Loading...