चट्याङ लागेर भारतीय बजारमा नेपाली युवतीको मृत्यु

कञ्चनपुर, जेठ १५ । भारतको पिलिभित जिल्ला बजारघाटमा एक जना नेपाली युवतीको चट्याङ लागेर मृत्यु भएको छ । आज बिहान भारतको बजारघाटमा तरकारी बेचेर फर्कने क्रममा चट्याङ लागेर कञ्चनपुरको बेलौरी नगरपालिका ७ पौलाहा बस्ने वर्ष ४० कि सुकुनी चौधरीको मृत्यु भएको घटना स्थल पुगेका नेपाली कांग्रेशका नेता हरेन्द्र सिंह बिष्टले बताउनुभयो ।

मृतकको शवको पोष्टमार्टम भारतको पिलिभित मै गरिने भएको छ । त्यसका लागि भारतीय प्रहरी संग समेत समन्वय गरिएको इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक कृष्णानन्द भट्टले बताउनुभयो ।

घरमै उत्पादन गरेको विषादी रहित तरकारीको राम्रो मूल्य पाउने गरेकोले तरकारी बेच्न यसक्षेत्रका थुप्रै कृषकहरु सीमावर्ती भारतीय बजारमा जाने गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *