नेकपा नेता भन्छन् : नामबारे निर्वाचन आयोगको निर्णय मान्य हुन्छ

काठमाडौँ, जेष्ठ १४ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता भएपछि बनेको नेपाल कम्युनिष्ट पार्टीका नेताहरु दल दर्ताको लागि थप कागजपत्र सहित निर्वाचन आयोग पुगेका छन्।

जेठ ३ गते पार्टी दर्ताको लागि निर्वाचन आयोगमा उनीहरुले निवेदन दिएका थिए। आयोगमा ऋषि कट्टेल नेतृत्वको नेकपासँग नाम जुधेपछि उनीहरुले नामको मुनी अन्डरलाईन लगाउँदै दर्ताको लागि आग्रह गरेका थिए।

सोमबार नेकपा नेता सुभाष नेम्वाङ, देव गुरुङ, मुक्ति प्रधान सहितका नेता निर्वाचन आयोग पुगेर थप कागजात बुझाएका थिए।

नामको विषयमा निर्वाचन आयोगमा विचाराधिन रहेको बताउँदै आयोगको निर्णय मान्य हुने नेम्वाङले बताए। ‘नामको बारे सबैकुरा निर्वाचन आयोगमा विचाराधिन रहेको छ’, उनले भने, ‘निर्वाचन आयोगले एउटा निर्णय गर्छ।’ ऋषी कट्टेलले नामको विषयमा विरोध जनाउँदै आएका छन्।

कट्टेलको नेतृत्वमा रहेको नेकपा निर्वाचन आयोगमा दर्ता रहेको छ। नियमावली बन्दै गरेकोले बुझाउन बाँकी रहेको देव गुरुङले बताए।

अधिवक्ता समेत रहेका नेकपा नेता मुक्ति प्रधानका अनुसार पार्टी एकता गर्ने निर्णय, केन्द्रिय समितिको नाम, सचिवालयको नाम, घोषणापत्र आयोगमा बुझाइएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 8 =