काठमाडौंको मौलिक संस्कृति र पुरातत्वको संरक्षण गर्न प्रम देउवाको निर्देशन

२०७४ जेठ १५ गते

“
काठमाडौं, साउन ४ । प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौंको मौलिक संस्कृति र पुरातत्वको संरक्षण गरेर निर्माण र पुनःनिर्माणकार्य गर्न निर्देशन दिएका छन् ।
आफूलाई भेट्न प्रधानमन्त्री कार्यालय आएका काठमाडौं महानगरपालिकाका नगरप्रमुख विद्यासुन्दर शाक्य र उपप्रमुख हरिप्रभा खड्गीसँगको भेटमा उनले ‘राजधानीको प्राचीन कला र मौलिकता नै मुलुकको पहिचान हो’–भने ।
प्रधानमन्त्री देउवाले काठमाडौंको पूर्वाधार निर्माणमा सम्बन्धित निकायसँग समन्वय गरेर काम गर्नसमेत निर्देशन दिएको उपप्रमुख खड्गीले जानकारी दिइन् ।
भेटमा महानगरपालिकाका पदाधिकारीले विद्युत्, खानेपानी र सडक विभाग महानगर मातहत ल्याउनसके प्रभावकारीरुपमा काम गर्न सहज हुने विचार व्यक्त गरेका थिए ।
“

२०७४ जेठ १५ गते
प्रतिक्रिया