मुलुकभर करिब ५४ प्रतिशत जमिनमा धान रोपियाे

काठमाडौं, साउन ४ । कृषि विकास मन्त्रालयले दिएको पछिल्लो तथ्यांकअनुसार मुलुकभर करिब ५४ प्रतिशत जमिनमा धान रोपिएको छ । सरकारले चालू आर्थिक वर्ष २०७४–०७५ मा मुलुकभर १५ लाख ५२ हजार हेक्टर जमिनमा धान रोप्ने लक्ष्य राखेकोमा सोमबारसम्ममा ५३.८५ प्रतिशत भूभागमा धान रोपिएको हो । ८ लाख ३५ हजार हेक्टर जमिनमा धान रोपेर सकिएको कृषि विकास मन्त्रालय कृषि प्रसार निर्देशनालयले जनाएको छ ।

निर्देशनालयका अनुसार अहिलेसम्म मुलुकको मध्य पहाडमा सबैभन्दा बढी ६७.२२ प्रतिशत, त्यसपछि उच्च पहाडमा ६९. २० प्रतिशत र तराईमा सबैभन्दा कम ४८.१५ प्रतिश धान रोपिएको छ ।

त्यस्तै, विकास क्षेत्रका आधारमा सबैभन्दा बढी सुदूरपश्चिमाञ्चल विकास क्षेत्रमा ९३.२३ प्रतिशत धान रोपिएको छ । पश्चिमाञ्चलमा ७०.३३ प्रतिशत, मध्य पश्चिमाञ्चलमा ५९.७१ प्रतिशत, पूर्वाञ्चलमा ३९.६२ र मध्यमाञ्चल विकास क्षेत्रमा ३८.३७ प्रतिशत धान रोपिएको छ ।

तराई क्षेत्रमा साउनभर रोपाइँ हुने भएकोले हाल कम देखिएपनि पछि बढ्ने धान विज्ञहरुले बताएका छन् । उनीहरुका अनुसार पहाडी भेगमा चाँडो धान रोपे पनि तराईमा साउन अन्तिमसम्म रोपिन्छ । सरकारले चालु वर्ष ५४ लाख टन धान फलाउने घोषणा गरेको छ ।

हेर्नुस् कुन जिल्लामा कति राेपाइँ ?

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *