फर्निचर उद्योगको निर्माणाधीन भवनमा बम बिस्फोट !

कञ्चनपुर, जेठ १३ । सदरमुकाम भीमदत्तनगर बजारमा आज बिहानै बम विस्फोट भएको छ ।

स्थानीय भानु पार्टी प्यालेस र सिटी हलका बीचमा नगर विकास समितिको जग्गा भाडामा लिई सञ्चालनमा रहेको देवस्वामी फर्निचर उद्योगको निर्माणाधीन भवनमा भएको बम विष्फोटबाट भवनको पर्खाल भत्किएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर सेटीले बताए ।

बम विस्फोट भएको पसल कैलाश सुनारको रहेको बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 2 =