मुगुको ३६ करोड रकम फ्रिज

मुगु, साउन ४ । मुगुका सरकारी कार्यालयहरुले आर्थिक वर्ष २०७३÷ ०७४ का लागि प्राप्त गरेको कुल बजेट मध्य ३६ करोड रकम खर्च हुन नसकेर फिर्ता भएको छ । जिल्लाका सरकारी कार्यालयहरुलाई प्राप्त भएको चालु तर्फको खुद बजेट १ अर्व ८४ करोड २५ लाख २७ हजार ३ सय ६० मध्य असार मसान्तसम्म १ अर्व ६१ करोड ९५ लाख ७२ हजार ६८ रुपैयाँ मात्र खर्च भई २२ करोड २९ लाख ६५ हजार २ सय ९२ फ्रिज भएको हो ।

त्यस्तै पुजिगत तर्फ खुद बजेट ६९ करोड ९० लाख ११ हजार ५ सय २८ मध्य ५६ करोड ३६ लाख ५ हजार ७ सय ११ रुपैया मात्र खर्च भएको कोष तथा लेखा नियन्त्रण कार्यालयले जनाएको छ । फिर्ता भएको कुल रकम ३६ करोड १६ लाख ११ हजार १ सय ९ रुपैयाँ मध्य स्वास्थ्य कार्यालय चालु खर्च तर्फ एक करोड १९ लाख ३ हजार १८ रुपैयाँ र पुजिगत तर्फ १४ लाख १५ हजार रकम फिर्ता भएको छ ।

जिल्ला समन्वय समितिको चालु तर्फ १ करोड ३२ लाख ४९ हजार ३ सय ६६ फिर्ता गएको छ भने पुजिंगत तर्फ ६६ लाख ८४ हजार ३० रुपैया फिर्ता गएको छ । जिल्लाका अधिकाँश सरकारी कार्यालयमा समयमा कर्मचारी नबस्ने , उपभोक्ताले काम पनि ढिलो गर्ने तथा ठुलो परिमाणको बजेट पनि आर्थिक वर्ष सकिने बेला केन्द्रबाट आउने गरेकाले पनि बजेट खर्च हुन नसकेर फिर्ता जाने गरेको कोष नियन्त्रक नन्दप्रसाद पाण्डेले जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *