“””एसईई डान्स च्याम्पियनशिप २०१८ “”को काठमाडौँ अडिसन सम्पन्न”

“
काठमाडौँ, जेठ १३ । नृत्यकै विषय लिएर पढ्न, आत्मनिर्भर हुन र नृत्यबाटै केही गर्न सकिन्छ भन्ने तथ्य सावित गर्ने उद्देश्यले आयोजना गरिएको एसईई डान्स च्याम्पियनशिप २०१८ को काठमाडौँ अडिसन सम्पन्न भएको छ ।
नृत्य शिक्षा मनोरञ्जन मात्र नभइ औपचारिक शिक्षा पनि हो । एसइइ पश्चात् नृत्यको विषयलाई अघि बढाइ यसमै मास्टर्स गर्न सकिन्छ । नृत्य विषय पढ्नका लागि इच्छुक विद्यार्थीहरुलाई नृत्यमा प्रोत्साहन दिइ उनीहरुको क्षमतालाई सक्दो बढाउनु पर्छ भन्ने नीतिलाई आत्मसात् गर्दै एसइइ डान्स च्याम्पियनशिप २०१८ आयोजना गरिएको आयोजकले जनाएका छन् ।
उक्त अडिसनबाट प्रतिस्पर्धीहरुलाई उछिन्दै २३ जना प्रतियोगीहरु छानिएका छन् । मेगा अडिसन देशका विभिन्न जिल्ला लगायत १४ गते झापा र १८ गते पोखरामा हुने भएको छ । सबै अडिसनबाट छानिएका विद्यार्थीहरुले भिडियो बाट पनि अडिसन दिन सक्नेछन् । सबै अडिसनबाट छानिएका विद्यार्थीहरुको असार २ गते काठमाडौँमा मेगा अडिसन हुनेछ भने मेगा अडिसनबाट १६ जना प्रतियोगीहरु फाइनलमा प्रवेश गर्नेछन् । १६ जना प्रतियोगीहरुको असार २३ गते राष्ट्रिय नाचघरमा ग्रान्ड फिनाले हुनेछ ।
उक्त डान्स शोका कन्सेप्ट डाइरेक्टर तथा मुख्य निर्णायक चर्चित डान्स कोरियोग्राफर तथा छमछमी १, २, ३ का महेश गोदार रहेका छन् भने निर्णायकमा छमछमी १ की विजेता अनुजा अग्रवाल, छमछमी २ का विजेता साजन तामाङ र छमछमी ३ का विजेता सरोज प्रजा रहेका छन् ।
बज्रयोगिनी डान्स एण्ड म्यूजिक एकेडेमिले आयोजना गरेको उक्त डान्स च्याम्पियनशिपमा विजयी भएका पहिलो विजेतालाई ५० हजार प्रदान गरिनेछ । त्यस्तै दोस्रो विजेतालाई ३० हजार र तेस्रोलाई २० हजार नगद पुरस्कार प्रदान गरिनेछ ।
साथै टप ५ मा पर्न सफल भएका विद्यार्थीले सेन्ट लरेन्स, रिलायन्स इन्टरनेश्नल ग्ल्यासियर टेक्सस द इन्साइट भिजन, जय मल्टिपल क्याम्पस का तर्फबाट १२ सम्म फुल स्कलरसिप र राष्ट्रिय नाचघरका तर्फबाट ६ महिना डान्स स्कलरसिप प्राप्त गर्नेछन् ।
“








