धनगढीमा अज्ञात समुहद्वारा गोली प्रहार गरी नौँ लाख लुटपाट
२०७४ जेठ १५ गते

“
धनगढी, जेठ १३ । कैलालीको धनगढी उपहानगरपालिका–१ मेनरोडमा गोली प्रहार गरी ९ लाख रुपैयाँ लुटपाट भएको छ ।
आईएमईबाट सो रकम लिएर बैंकमा जम्मा गर्न जाने क्रममा धनगढी ३ का ३७ वर्षीय निर्मल कार्कीमाथि गोली प्रहार भएको हो ।
बा ४० प ४४३८ नम्बरको मोटरसाइकलमा आएका दुई जना अज्ञात ब्यक्तिले कार्की माथि गोली प्रहार गरी उनीसँग भएको ९ लाख रुपैयाँ लुटेर भागेको प्रत्यक्षदर्शीले बताएका छन् ।
गोली हान्ने व्यक्तिहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
गाली लागि घाईते कार्कीको सेती अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।
“
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








