सडक निर्माणका लागि भारतको २४ करोड रुपैयाँ

काठमाडौं, साउन ४ । भारतले हुलाकी राजमार्ग अन्तरगतको १० वटा सडक निर्माणका लागि नेपाल सरकारलाई झण्डै २४ करोड रुपैयाँ दिएको छ । आज, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आयोजित एक कार्यक्रमका बीच भारतीय राजदूत मन्जिवसिंह पुरीले मन्त्रालयका सचिव देवेन्द्र कार्कीलाई १४ करोड ८३ लाख ६७ हजार ९ सय ७७ भारतीय रुपैयाँको चेक हस्तान्तरण गर्नुभयो ।

यो नेपाली रुपैयाँ २३ करोड ७३ लाख ८८ हजार ७ सय ६३ हुन्छ । भारतले सडक निर्माणका लागि लाग्ने कूल बजेटको २५ प्रतिशत रकम अग्रिम भुक्तानी गरेको हो । नेपाल र भारत सरकारबीच हुलाकी राजमार्ग अन्तरगतको १० वटा सडक निर्माण भारत सरकारले गर्ने समझदारी भएको थियो ।

कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव कार्कीले भारतले हुलाकी राजमार्ग अन्तरगतको १० वटा सडक निर्माणका लागि २५ प्रतिशत रकम अग्रिम भुक्तानी गरेर सहयोग गरेकोमा आभार व्यक्त गर्नुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *