मुद्धा फिर्ता नभएकोप्रति राजपा नेता यादवले पोखे यस्तो असन्तुष्टि
२०७४ जेठ १५ गते

“१२ जेठ, काठमाडौं । राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य महेन्द्र राय यादवले संविधान संशोधनको माग गरेका छन् । मन्त्री यादवले मधेस आन्दोलनका क्रममा लागेका मुद्दाहरु अझै फिर्ता नभएको भन्दै असन्तुष्टि पोखेका छन् ।
शनिबार राजधानीमा आयोजित कार्यक्रममा राजपा नेता यादवले भने, ‘हामी चाहन्छौं, सरकारले हामीले दिएको समर्थन, विश्वासअनुसार समस्या समाधान गरोस् । नभए समर्थन किन भनेर प्रश्न आउँछ ।’
उनले संविधान संशोधनको प्रक्रिया अघि नबढेको मात्र होइन, मुद्दा फिर्ता नभएको, सांसद जेलमा रहेको र थप पक्राउ गर्ने काम भइरहेको बताए ।
नेता यादवले सरकारले विकासको सपना देखाए पनि त्यसलाई काम गरेर देखाउन नसकेको आरोप लगाए ।”
२०७४ जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








