धरान: विष्णु मेमोरियल माध्यमिक विद्यालयमा जुनियर रेडक्रस सर्कल चुनाव

धरान, जेठ १२ ।  विष्णु मेमोरियल माध्यमिक विद्यालयले लोकतान्त्रिक पद्धती मार्फत विद्यार्थीहरु लाई सामाजिक सेवाको क्षेत्रमा उत्प्रेरित र प्रतिस्पर्धी बनाउन जुनियर रेडक्रस सर्कल विद्यालय इकाईको गठन विद्यार्थीहरु विच चुनाव बाट गर्ने भएको छ ।

सर्कल कमिटी गठनका लागी चुनावी प्रकृया शुक्रबार देखी सुरु गरिएको हो । चुनावी अभ्यास विद्यालयस्तरदेखी सीकाउन आवश्यक रहेकोले पदाधिकारी छनोट निर्वाचन प्रकृयाबाट गर्ने थालनी गरिएको स्कुलका रेडक्रस संयोजक शम्भु रेग्मीले बताए ।

रेडक्रस शिक्षक नायब भवानी खतिवडाका अनुसार जुनियर रेडक्रस सर्कल कमीटीको अध्यक्षका लागी युनिस भुषाल, हेङका राई र आरोहण निरौलाले उम्मेदवारी दिएका छन् । उपाध्यक्षका लागी संगम राई र सिङगेना गुरुङले उम्मेद्वारी दिएका छन् ।

यस्तै सचिवका लागी ६ जना र सहसचिवका लागी ३ जना ,कोषाध्यक्षका लागी १० जना र सदस्यहरुका लागी ३३ जनाले उम्मेद्वार दिएका छन् । ६ देखी कक्षा १० सम्मका विद्यार्थीहरु सो निर्वाचनमा सहभागी थिए । कुल ४ सय मत खस्ने अनुमान गरिएको छ । नतिजा आईतबार प्रकाशित गरिने विद्यालयले जनाएको छ ।

जुनीयर रेडक्रस सर्कल कमीटीले प्रत्येक महिना भित्तेपत्रिका प्रकाशित गर्दै आईरहेको छ । कमीटीको कार्यकाल १ वर्षको रहनेछ । समाजमा केही गरौं भन्ने भावना र नेतृत्वदायी क्षमताको विकासमा जुनीयर रेडक्रस सर्कल कमीटी एक कोशे ढुंगा सावित हुन सक्ने शिक्षक खतिवडाले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *