कोशी हुँदै गंगाबाट महासागरको पानी जहाज यात्रामा सँगै जाउँलाः सुवास नेम्वाङ

काठमाडौ, जेठ ११ । पूर्व सभामुख तथा नेपाल कम्युनिस्ट पार्टीका नेता सुवास नेम्वाङले सरकारको नीति तथा कार्यक्रमको प्रतिरक्षा गर्दै जनतालाई देखाइएको सपना अब पूरा गर्ने चरणमा प्रवेश भएको बताएका छन् ।

नीति तथा कार्यक्रममार्फत प्रवेश गरेको सपनालाई बोक्ने बजेट अब सरकारले ल्याउनुपर्ने बताएका छन् ।

विपक्षी दलका सांसदले सरकारले सपनामात्र देखाएको आरोप लगाएपछि नेम्वाङले सपना देख्नु गलत नभएको बताएका छन् ।

उनले सरकारले देखाएका सपना ५ वर्षभित्रमा पूरा हुने दावी समेत गरेका छन् ।

नेम्वाङले भने , ‘एक जना मित्रले वीरगन्जबाट काठमाडौ रेल चढेर आएको सपना देख्नुभएछ, पनि उहाँका कुराबाट उत्प्रेरित भएँ । जेठ ७ पश्चात म पनि काठमाडौदेखि लुम्बिनी, काठमाडौदेखि पोखरा मात्र होइन, अब ५ वर्षभित्रमा काठमाडौदेखि दिल्ली पुग्ने, दिल्लीबाट युरोप पुग्ने । काठमाडौदेखि बेइजिङ पुग्ने सपना देख्न थालेको छु ।’

उनले भने, ‘हत्तपत्त नाउ चढ्न नपाउने त्यो पहाडबाट आएको म, आजकाल यो जेठ ७ गते पश्चात् कोशी हुँदै गंगा हुँदै हिन्द महासागर पुगेको सपना देख्न थालेको छु ।

कांग्रेस सांसद मिनेन्द्र रिजालतिर लक्षित गर्दै नेम्वाङले उनकै निर्वाचन क्षेत्रबाट कोशी हुँदै गंगाबाट महासागरको पानी जहाज यात्रामा सँगै हिड्न आग्रह गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × two =