मकालु खबर
ताजा, शुलभ, निष्पक्ष

अध्यक्ष कमल थापासँग फोनवार्तापछि बैंठकमा किन गएनन् पशुपतिशम्शेर ?

काठमाडौँ, साउन ४। संविधान संशोधन, सरकारमा सहभागितालगायत विषयमा निर्णय लिन राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसमितिको बैठक आजदेखि सुरु भएको छ ।

अध्यक्ष कमल थापाको अध्यक्षतामा नयाँबानेश्वरमा सुरु भएको उक्त बैठकमा असन्तुष्ट पक्षका नेता पशुपतिशम्शेर राणाबाहेक नेताको सहभागिता छ । नवमनोनित ४२ जना केन्द्रीय सदस्यकार पूर्व केन्द्रीय सदस्य पनि उपस्थित रहेका छन् ।

बैठकमा असन्तुष्ट पक्षका उपाध्यक्षद्वय दीपक बोहरा, विक्रम पाण्डे र महामन्त्री सुनिल थापालगायतको सहभागिता छ । यही साउन ६ गतेसम्म जारी रहने बैठकमा अध्यक्ष थापाद्वारा राजनीतिक प्रतिवेदन प्रस्तुतभएको छ ।

बैठकमा अध्यक्षबाट प्रस्तुत प्रतिवेदनका साथै स्थानीय तहको निर्वाचन समीक्षा, साङ्ग्गठनिक अवस्था र भावी रणनीति आदि कार्यसूची रहेको प्रवक्ता भुवन पाठकले जानकारी दिए ।

पाठकका अनुसार अध्यक्ष थापा र वरिष्ठ नेता राणाबीच टेलिफोनमा कुरा भएपछि मात्र आजको बैठक सुरु गरिएको छ । अध्यक्ष थापाले गत शुक्रबार ४२ केन्द्रीय सदस्य मनोनित गरेपछि पार्टीमा आन्तरिक विवाद कायमै छ । रासस

प्रतिकृयाहरु
Loading...