यस्ताे छ, मन्त्री लालबाबु पण्डितकाे श्री सम्पत्ति

जेठ १०, काठमाडौँ । सदाचार, शुशासनका लागि उदाहरणीय बनेका सामान्य प्रशासमन्त्री लालबाबु पण्डितकाे श्री सम्पत्ति पनि सामान्य नै देखिएकाे छ । सरकारले प्रधानमन्त्री लगायत मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरेकोमा उनकाे सम्पत्तिकाे नाममा एउटा सार्इकल र घर मात्र रहेकाे छ ।

सार्वजनिक विवरण अनुसार संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितको सम्पत्तिमध्ये सवारी साधनमा एउटा पुरानो साइकल रहेको छ।

विवरण अनुसार उनको मोरङको विराटनगरमा एक कट्ठामा बनेको पाँच तले घर, ललितपुरको भैसेपाटीमा श्रीमती विमला पण्डितको नाममा चार आना जग्गा रहेको छ । उनको १५ तोला चाँदी र १० तोला सुन रहेको उल्लेख गरिएको छ।

साथै उनको नाममा एभरेष्ट बैंकमा २५ लाख, श्रीमती विमलाको नाममा एभरेष्ट बैंक र कृषि विकास बैंकमा ३० लाख रहेको सार्वजनिक विवरणमा उल्लेख छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *