बिहिबार जन्मेकाे मान्छेकाे स्वभाब यस्ताे हुन्छ, जानी राखाैं

कुन बारमा जन्मेका मानिसकाे स्वभाव कस्ताे हुन्छ ?

जेठ १०, काठमाडाैं । के तपाइलाई थाह छ ? मानिस जन्मेको ठाउँ, परिवेश र समय अनुसार उसको स्वभाव निर्धारण हुन्छ । ज्योतिषहरूको अनुसार फरक बारमा जन्मेका मानिसहरूको स्वभाव र चरित्रपनि फरक हुनसक्छ ।
। त्यसैले कुन बार जन्मेका मानिसहरु कस्ता हुन्छन् र उनीहरुको जीवनको विकासक्रम कसरी अगाडि बढेको हुन्छ यसबारे हामीले यहाँ प्रस्तुत गरेका छौँ ।

आइतबार
१. आइतबार जन्मेका व्यक्ति सकारात्मक सोचका मालिक हुन्छन् र निकै विश्वसनीय हुन्छन् ।
२. अन्र्तमुखी हुने भएका कारण थोरै साथीहरू हुन्छन् ।
३. निकै संवेदनशील हुने भएका कारण कसैले भनेको कुरालाई धेरै दिनसम्म मनमा लिइ रहने हुन्छन् ।
४. चिन्तन शक्ति निकै धेरै हुने भएका कारण लेखन अथवा वकालतको क्षेत्रमा हुन्छन् ।
५. अरुलाई सहयोग गर्न सधैँ तत्पर त हुन्छन् तर चाँडै रिसाउने बानील हुन्छ ।
६. स्वाभिमानी हुन्छन् ।
७. कुनैपनि कुरामा सम्झौता गर्दैछन् ।
८. सौन्दर्य मन पराउने हुनाले प्रेम विवाह गर्छन् ।
९. बाहिरबाट झट्ट हेर्दा सुन्दर देखिन्छन् ।
१०. सम्बन्धलाई निकै सम्मान गर्न जानेका हुन्छन् ।

सोमबार
१. स्मरण शक्ति निकै तेज हुन्छ ।
२.मृदुभाषी हुन्छन् तर निकै मुडी हुन्छन् ।
३. निकै संवेदनशील हुन्छन् त्यसकारण निकै चाँडै नर्भस हुनसक्छन् ।
४. उनीहरूलाई परिवारसँग समय बिताउन निकै रमाइलो लाग्छ ।
५. उनीहरूका लागि सम्बन्धले निकै महत्व राख्नेछ ।
६. पढाईमा तिक्ष्ण हुन्छन् र आफ्नो करियरमा निकै माथि पुग्दछन् ।
७. महिलाहरु भविष्यमा निकै माया र केयर गर्ने श्रीमतीको रुपमा परिचित हुन्छन् ।
८. पुरुषहरु निकै माया गर्ने स्वभावका हुन्छन् तर अलि लोभी हुने भएका कारण उनीहरुले प्रायजसो आफ्नी श्रीमतीको गाली सुन्नुपर्ने हुन्छ ।
९. तपाईं आफ्नो सौन्दर्यमा निकै ध्यान दिनुहुन्छ र तपाईंको सुन्दरताले धेरैजसोलाई आकर्षित पनि गरेको हुन्छ ।
१०. मुडी स्वभावले उनीहरू अरूलाई दुःख दिने गर्छन् ।

मंगलबार
१. निकै बहादुर, स्मार्ट र एक्टिभ हुने गर्दछन् ।
२. यी व्यक्तिहरू अरु मानिसहरुलाई सहयोग गर्न सधैँ तत्पर रहन्छन्, उनीहरुको स्वभाव परोपकारी किसिमको हुने गर्दछ ।
३. यी व्यक्तिहरु आफ्नो हरेक काम निकै गम्भीरताका साथ गर्ने गर्दछन् ।
४. मंगलबार जन्मने व्यक्तिहरु गलत कुराहरु सहन नसक्ने भएका कारण उनीहरुलाई रिस पनि धेरै नै उठ्ने गर्दछ ।
५. उनीहरुलाई विलासिताको जीवन बाँच्न मनपर्ने हुँदा यी व्यक्तिहरुसँग निकै धेरै लुगा, गाडी, घरलगायत विलासिताका सबै सामग्रीहरु हुने गर्दछ ।
६. यस्ता व्यक्तिहरु इमान्दार हुने गर्दछन् र साँचो कुरा बोल्ने गर्दछन् जसकारण आफ्नो बलबुँतामा नै सफलता हाँसिल गर्ने गर्दछन् ।
७. यिनिहरु सामाजिक हुँदैनन् र भगवानमाथि विश्वास राख्ने गर्दछन् ।
८. यस्ता व्यक्तिहरु सजिलैसँग कसैलाई माफी दिँदैनन् ।
९. यी व्यक्तिहरु निकै खर्चिला हुने गर्दछन् र आफ्नो निर्णय आफैँ लिने गर्दछन् ।
१०. उनीहरुको वैवाहिक जीवन निकै सुखमय तरिकाले व्यतीत हुने गर्दछ र उनीहरुले निकै राम्रो जीवनसाथी पाउने गर्दछन् ।
११. कुनै पनि कुरामा छिट्टै मन भरिने कुरा यी व्यक्तिहरुको नकारात्मक पक्ष हो ।
१२. स्ट्रेट फरवार्ड हुने भएका कारण धेरैजसो मानिसहरुले उनीहरुको बारेमा गलत धारणा बनाउने गर्दछन् तर यी व्यक्तिहरुको मन निकै कोमल हुने गर्दछ ।

बुधबार
१. शान्त, विदुषी र बिजनेश माइन्डका हुने गर्दछन् ।
२. जीवनमा योजनाहरुको कुनै स्थान नभए पनि उनीहरू निकै सुव्यवस्थित तरिकाले काम गर्न चाहन्छन् ।
३. सफा र स्वच्छ विचारधाराका हुन्छन् ।
४. नयाँ कुरा जान्न उत्सुक हुन्छन् ।
५. कुरा गर्ने तरिका निकै प्रभावशाली हुन्छ ।
६.सामान्य कुराहरूमा तनाव लिदैँनन् ।
७. सकारात्मक सोच सँगै जीवनमा अघि बढ्ने निकै सफलता हात पार्दछन् ।
८. एकदम कम रिसाउँछन् तर रिसाएपपछि लामो समयसम्म रिस थाम्न सक्दैनन् ।
९. कसैलाई पनि सजिलै माफी दिदैनन् । कुनै पनि व्यक्ति एक पटक मननपरेमा ती व्यक्तिहरुले जे गरे पनि प्रभावित तुल्याउन सक्दैनन् ।
१०. खर्चिलो स्वाभावको हुन्छन् । आफ्नो निर्णय आफैँ लिन्छन् ।

बिहिबार
१. बिहिबार जन्मेका व्यक्ति निकै मेधावी, शान्त र निकै समझदार हुने गर्दछन् ।
२. मानिसहरुलाई निकै इज्जत गर्छन् त्यसकारण मानिसहरुका लागि आदर्श पनि हुन्छन् ।
३. सफा र स्वच्छ बिचारधाराका हुन्छन् ।
४. नेतृत्व गर्ने गुण हुन्छ ।
५. निकै मेहेनती हुन्छन् ।
६. स्वतन्त्रता मन पर्ने भएका कारण बन्धनमा बस्न चाहँदैनन् ।
७. चाँडै नै मानिसहरुलाई विश्वास गर्छन् जसको प्रतिफल भोग्न पर्छ ।
८. धेरै साथी हुन्छन् तर साँचो मित्र निकै कम ।
९. स्ट्रेट फरवार्ड हुन्छन् र सुन्दरताको प्रिय हुन्छन् ।
१०. बिहिबार जन्मेका व्यक्ति आकर्षक र अन्टेन्सन प्रिय हुने भएका कारण धेरैजसो यिनिहरु प्रेम विवाह गर्छन् । वैवाहिक जीवन सुखमय हुने गर्दछ ।

शुक्रबार
१.शुक्रबार जन्मेका व्यक्तिको मन, दिमाग र शरिर निकै राम्रो हुने गर्दछ ।
२. धेरैजसो रचनात्मक क्षेत्रमा देखिन्छन् ।
३.संगीत, फिल्मी क्षेत्र, मिडिया, खेलजस्ता कुराहरुले आकर्षित गर्ने गर्दछ ।
४. मधुर स्वरमा बोल्छन् र मनमोहक मुस्कानका मालिक हुन्छन् ।
५. निकै भावुक हुन्छन् जसका कारण कहिलेकाँही दुखी पनि देखिन्छन् ।
६. यदि तपाईं पुरुष हुनुहुन्छ भने महिलाहरुमा र महिला हुनुहुन्छ भने पुरुषहरुमा लोकप्रिय हुनुहुन्छ ।
७. आफ्नो सम्बन्धमा निकै सजक हुन्छन् तर कहिलेकाँही यहि सजकता नै सम्बन्धमा भारी पर्ने गर्दछन् ।
८. निकै धेरै साथी हुन्छन् तर साँचो मित्र निकै कम ।
९. रिस निकै कम आउँदछ तर जब आउँछ नजिक भएका व्यक्तिको हालत खराब हुन्छ ।
१०. राम्रा गुणहरु नै उनीहरूका लागि नराम्रो साबित हुन्छ ।
११. धनको कमी हुँदैन तर त्यसलाई बचत गर्न सक्दैनन् ।

शनिबार
१. शनिबार जन्मेका व्यक्ति निकै गम्भीर र जिम्मेवार हुने गर्दछन् ।
२. निकै मेधावी, बुद्धिमान र बिजनेस माइन्डका हुन्छन् ।
३. हाइ क्लास वस्तुहरु मन पराउँछन् ।
४. कहिले काँही स्पष्ट वक्ताको रुपमा आलोचना पनि हुने गर्दछ ।
५. कुनै पनि सम्बन्ध निकै महत्वपूर्ण हुने गर्दछ र साथीहरुको लागि जे पनि गर्न तयार हुन्छन् ।
६. पैसावाला हुन्छन्तर तपाईं छिट्टै पैसा खच गर्छन् ।
७. संगीत र खेलमा रुची हुन्छ ।
८. रिस उठेपछि नराम्रो सँग उठ्छ भने गलत कुराहरुलाई सहन सक्दैनन् ।
९.जिद्दि हुन्छन् र आफूले भनेको जस्तै हुनुपर्छ भन्ने बिचार राख्छन् ।
१०. तपाईं कसैलाई पनि ठेस पुर्याउन चाहदैँनन् ।
११. वैवाहिक जीवन सुखमय हुन्छ किनभने आफ्नो पार्टनरलाई निकै केयर गर्छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *