ठगि गर्ने २५ म्यानपावरमाथि कारबाही सुरु (सूचीसहित)

काठमाडौं, जेष्ठ ८ । कतिपय नेपाली दूतावासमा कार्यरत कर्मचारी नै म्यानपावर व्यवसायमा संलग्न भएको आरोप लागिरहेकै बेला र रोजगार विभागका कर्मचारीले नै म्यानपावर सञ्चालकसँग मिलेर कतिपय मुद्दा र उजुरी दबाबमा मिलाउन खोज्ने गरेको आरोप लागि रहेकै बेला वैदेशिक रोजगार विभागले ठगि गर्ने म्यानपावरको कामकारबाही रोक्का गर्ने गरि नै कदम चालेको छ ।

वैदेशिक रोजगारमा जाने युवालाई ठगि गर्ने २५ वटा म्यानपावर कम्पनीमाथि वैदेशिक रोजगार विभागले कारवाही गर्न सुरु गरेको छ ।

रोजगार विभागमा पीडितले दिएको उजुरीको आधारमा म्यानपावर कम्पनीको कामकारबाही रोक्का गरी अनुन्धान अघि बढाइएको विभागले जनाएको छ।

पिडितको गुनासोपछि सम्बन्धित म्यानपावरलाई विभागले पटकपटक पत्राचार गर्दा पनि अटेर गरेपछि विभागले कार्वाहीको प्रक्रिया अगाडी बढाएको छ ।

नेपालमा एउटा काममा सम्झौता गराउने र विदेश पुगेपछि अर्को काममा लगाउने, कामदारको राहादानी खोसेर राख्ने , मापदण्डभन्दा बढि रकम कामदारसँग असुल्ने र रोजगारीमा गएका कामदार समस्यामा पर्दा उद्धारमा मतलव नगर्ने जस्ता गुनासोसहित पीडितले उजुरी दिएका थिए।

पीडित कामदारलाई जतिसक्दो चाँडो सुनुवाई गरी न्याय दिलाउने प्रयास भइरहेको वैदेशिक रोजगार विभागका महानिर्देशक भुवनप्रसाद आचार्यले बताएका छन् ।

यसअघि पनि २ सयभन्दा बढी म्यानपावरको कामकारवाही नै रोक्का गरी क्षतिपूर्ति भराएको महानिर्देशक आचार्यले जानकारी दिएका छन् । आचार्यका अनुसार विभागमा एक महिनामा ४० जनाभन्दा बढि म्यानपावरबाट पीडिते व्यक्तिले गुनासो लिएर आउने गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × four =