विभागका महानिर्देशक हटाएकाे विषयमा मन्त्रीकाे स्पष्टिकरण

जेठ ८, मंगलबार । यातायात व्यवस्था विभागका महानिर्देशक रुपनारायण भट्टराईलाई अाफुले सरूवा नगरेकाे भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले जिकिर गरेका छन्।

अाज मंगलबार रिपाेर्टस ब्फबमा अायाेजित एक कार्यक्रममा बाेल्दै मन्त्री महासेठले विभागमा भन्दा मन्त्रालयमा महत्वपूर्ण कामहरू रहेकाले भट्टरार्इलार्इ बालार्इएकाे स्पष्ट पारेका हुन् ।

‘डिजी भट्टराईजीलाई मन्त्रालयमा बोलाएका छौं, उहाँलाई डिस्टर्ब गर्नेगरी ल्याएको होइन, उहाँले यातायात क्षेत्रको सिण्डिकेट हटाउनको लागि सकारात्मक भूमिका निर्वाह गर्नुभएको थियो। मिडियामा अाएजस्ताे उहाँलार्इ गतल मनसायले मन्त्रालयमा तानेका हैनाैं ।’ मन्त्री महासेठले भने ।

यातायात क्षेत्रमा रहेकाे सिण्डिकेट हटाउने सरकारको एजेण्डा रहेको भन्दै मन्त्री महासेठले भने-‘सिण्डिकेट हटाउने एजेण्डा प्रधानमन्त्रीको वा रघुवीर महासेठको मात्रै होइन, यो त सरकारको एजेण्डा हो, हामीले त्यही गरेका छौं।’

उनले सिण्डिकेट हटाउन भट्टराईको मात्र योगदान रहेको भनेर गरिएको प्रचारबाजी गलत भएको बताए। ‘यातायातकाे सिण्डिकेट हटाउन एक जना ब्यक्तिकाे हात रहेकाे भन्दापनि यसमा सरकार नै लागेकाे छ, सबै सञ्चारमाध्यम, ब्यवसायीहरूकाे समेत सहयाेग छ ।’ उनले स्पष्ट पारे ।

भन्त्री महासेठले सिण्डकेट हटाउने अाफुले नै निर्देशन दिएकाे जिकिर गर्दै भने-‘म मन्त्रीमा बहाल भएको १५ दिनपछि सिण्डिकेट हटाउन निर्देशन दिएको हुँ, विभिन्न बाधा तथा अड्चन पन्छाएर सिण्डिकेट तोडिएको छ, अस्तव्यस्त यातायात क्षेत्रलाई अझै व्यवस्थित गर्नुपर्छ, हामी कार्यदल बनाउँदैछौं, मन्त्रालयबाट गरिने कामको लागि केही दिनको लागि भट्टराईलाई बोलाइएको छ, तर सरुवा भएको छैन।’

उनले नेपालमा अझै धेरै सिण्डिकेटहरु तोड्न बाँकी रहेको बताए । लाइसेन्स, ब्लु बुक लगायत यातायत क्षेत्रका समस्याहरू यही आर्थिक मसान्तभित्रै व्यवस्थित गर्ने मन्त्री महासेठकाे दावि छ ।

सरकारले अघि सारेका नीति तथा कार्यक्रमहरु पूरा गर्नको लागि प्रतिपक्षी दलको पनि सहयोग आवश्यक रहेको उनको भनाइ थियाे । उनले सडकको रेखांकन, सुरुङमार्ग र राजमार्गका पुल निर्माणलाई नीति तथा कार्यक्रमले प्राथमिकता दिएको बताएका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 − 1 =