जब समितिका संयोजक पौडेलले भने: सुन काण्ड गम्भीर प्रकृतिको छ, धेरै बोल्न मिल्दैन

काठमाडौँ, जेठ ८ । साढे ३३ किलो सुन काण्डका नाइके गारे काठमाडौँको गौरीघाटबाट पक्राउ परेका हुन् । सनम शाक्य हत्या र साढे ३३ किलो सुन प्रकरण जेरीजस्तै जेलिएको जटिल अवस्थामा रहेकाले जेठ मसान्तसम्म म्याद थप गरिएको समितिले बताएको छ ।

समितिका संयोजक ईश्वरराज पौडेलले गोरे सार्वजनिक गर्ने कार्यक्रम रहेको पत्रकार सम्मेलनमा अहिले यो विषय अनुसन्धानकै क्रममा रहेकाले धेरै बोल्न नमिल्ने जानकारी गराए ।

उनले भने, “हामी गम्भीर विषयमा अनुसन्धान गरिरहेका छौं, हामी गम्भीर विषयमा अनुसन्धान गरी जसरी भित्र प्रवेश गरेका छौं । हामीले मोवाइल अफ गरेर अनुसन्धान गरेका छौं । त्यसैले पनि अहिले यो विषयमा धेरै बोल्न मिल्दैन ।”

उनले मोरङ उर्लाबारीका गोरे काठमाडौंको गौरीघाट क्षेत्रमा बस्दै आएको बताए ।

“फरार रहेकै अवस्थामा सुक्ष्म संयन्त्र परिचालन गर्दै नेपाल र भारतमा खोजी जारी राखेका थियौं,” समितिका संयोजक पौडेलले भने, “उनी काठमाडौंभित्र आएको विशेष सूचनाका आधारमा  हामीले तीनदिनदेखि खोजी जारी राखेका थियौं । उनी गौरीघाट क्षेत्रमा बस्दै आएको गोप्य स्रोतबाट जानकारी पाएपछि आज बिहान ५ बजेर ३४ मिनेट जाँदा उनलाई गौरीघाट क्षेत्रबाटै पक्राउ गरिएको छ ।”

“यो विषय जटिल र गम्भीर प्रकृतिको छ,” समितिका संयोजक पौडेलले भने,“संगठित अपराध भएकाले गम्भीर देखिएको हो । यो जेरी जस्तै जेलिएको छ । हरेक जेरीलाई सेलरोटीजस्तै फुलाउँदै छुट्याउनुपर्ने अवस्था छ ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + eight =